Saturday, December 9, 2017

Nepal Election 2017

कोही पनि धेरै नमात्तिनु,धेरै नआत्तिनु।छिट्टपुट्ट बाहेक राम्रै मान्छेहरुले जितेका छन्।केही संसद्मा हुनै पर्ने मान्छेहरु आफ्नो दम्भका कारण निर्वाचित हुन सकेनन्।यो चुनावमा कंग्रेसलाइ नराम्रैसंग धक्का लागेको छ।त्रिकोणात्मक प्रतिस्पर्धामा अब्बल देखिने कंग्रेस अहिले बाम गठबन्धनले गर्दा पनि पछि परेको छ।नेतृत्वले बुझ्न सके,चुनौतीमा अवसर पनि हुन्छ भनेझैं कंग्रेसलाइ बाम गठबन्धनले राम्रा चार युवा नेता जन्माउने अवसर दिएको छ।बाम गठबन्धन भने सोचेभन्दा राम्रो नतिजा हात पार्दै छ।आशा गरौँ,नतिजाले बाम गठबन्धन पनि ०६४ मा माओवादी हौसिएझैं हौसिने छैन र परिपक्व तरिकाले जिम्मेवारीबोध गर्नेछ।उता बैकल्पिक भनिएका पार्टीहरुले पनि सोचेअनुरुप सफलता हात पार्न सकेनन्।प्रतिनिधिसभामा नयाँ शक्तिको प्रत्यक्षमा १ सिट र प्रदेश सभामा २ सिट पुगेको छ भने बिबेकसिल साझाले प्रत्यक्षमा कुनै सिट हात पार्न सकेन।३% थ्रेसहोल्डको कारण साना पार्टीहरु त्रसित छँदै छन् र यसले क्षत्रीय पार्टीहरुलाइ निरुत्साहित गर्ने काम पनि गरेको छ। समग्रमा चुनावले ‘बाम गठबन्धनलाइ जिम्मेवारी बोध गर्न’,’कंग्रेसले चुनौतीलाइ अवसरमा रुपान्तरण गर्न’ र ‘बैकल्पिक शक्तिहरुले आपसमा मिलेर सुशासित राजनीतिको खाका तयार गर्दै परम्परागत पार्टीहरुलाइ चुनौती दिन’ पाठ सिकाएको छ।
#End_of_Transitional_Period!
#Thinking_About_Prosperity!
#Thinking_about_Economic_Revolution!
#Nepal_Election_2017!!

Thursday, October 5, 2017

बाम एकता


"बाम एकता" भन्ने शब्द जति मिठो छ, "नवबाम"हरुको ब्यबहारिक एकता त्यत्तिकै कठिन भने हुनसक्छ। अबको बाम र लोकतान्त्रिक गठबन्धन बिचको प्रतिस्पर्धा चाहिँ ००६ साल पछिको बामपन्थी र कङ्ग्रेस बिचको "अस्वस्थ र अतिवादी" प्रतिस्पर्धा जस्तै हुने देख्छु।

Tuesday, July 18, 2017

युवा नेता

एक युवा नेता...
बर्षले ५० कटे।
पछि हाम्रो देशका मन्त्री हुने वाला।
आफ्नो फेसबुकमा स्टाटस् लेख्छन्,
"तपाईको भोट केस्मा?"
तल चित्र हुन्छ।
सबै पार्टीका चुनाव चिन्ह,
प्राय आफ्नो १ नम्वरमा।
.
.
.
सरर कमेन्ट आउँछ।
प्राय सबै आफ्नै पार्टीका ,
उसै नम्बर पनि उन्कै पार्टीको,
मख्ख पर्छन् ,
सोच्छन्,
साला यस्पाली त कस्सो बहुमत नआउला।
.

.
.

चुनाव हुन्छ,
रिजल्ट आउँछ,
२०% ठाँउमा जितियछ।
.

.
.

चुनाव त अब सुरु हुन्छ,
फेरि फेसबुकमा नै झटारो सुरु हुन्छ,
धाँधली भो,
धाँधली भो।
.

.
.

बस् यो क्रम चलिरहन्छ।
सोच्नुस् यो एउटा चक्र हो,
सधैं चलिरहन्छ।
पार्टी अध्यक्ष,
सन्चार माध्यममै खुलेर भन्छन्
धाधली भो।
कार्यकर्ता सम्म जान्छन्
हारियो त हारियो
अब फेरि अर्को चुनावलाई तयारी गर्नुस्
तयारी सुरु हुन्छ
फेरि अरुकै धज्जी उडायर।
सम्झनुस् यो चक्र हो,
सधै चलिरहन्छ।

.
.
.

उनी पनि एकदिन मन्त्री बन्ने सपना बोकेर
खरो रुपमा उत्रन्छन्।
भन्छन् जनताको सेवा गर्दैछु।
बिगत यति बर्षदेखि।
सम्झनुस् यो चक्र हो सधै चलिरहन्छ।

सागर भट्ट 'अविकल '

Thursday, June 29, 2017

Nationalism

I love Society too much than State. Society gives us Culture. It creates social cohesion & psychological feeling of oneness. The state is also constitutive for a society to subsist. But for the existence of society, the state must be sovereign. Society creates a state for the performance of political & economic functions. The state must be responsible about peoples within a certain territory. If the State is not responsible for economic functions & the right of peoples within its domain, it is not mandatory for everyone to follow the slogan of Nationalism.
- Sagar Bhatta

Tuesday, June 27, 2017

Free Gorkhaland

Dear People,
Stop posting a video about “Reply to an Indian girl”. She just showed her level of aggression & immatureness. A girl from Darjeeling can’t represent whole Darjeeling. The true fact is that she was not delivered a good message. She follows the way of extremism. Today, the main threat of world is extremism. Do not follow it.
The true fact is that they feel proud by saying Gurkhas. If We Nepali are saying, you are Indian and so you can’t demand Gorkhaland, then it creates a problem. Gurkha is not only about Nepal, but it’s also about the designation. So people of Darjeeling have right to demand Gorkhaland. Even it is the state of India, Do support for Gorkhaland. Its all about Our designation. In fact, it expands our boundary of community.
(संयम होऔं,सभ्य बनौं। नेपाली सभ्यताको परिचय दिऔँ।)

Sunday, February 26, 2017

"बिद्यार्थी राजनीति र औचित्य"

इतिहासको कालखण्डमा बिद्यार्थी आन्दोलनको योगदानको उच्च सम्मान गर्छु। बिद्यार्थी राजनीतिले ०३६ सालदेखि केही समयसम्म कमाएको गरिमाको ब्याज पनि सकियो होला सायद आज बिद्यार्थी आन्दोलनको ओज लगभग सकियको छ। प्राबिधिक कलेजको कुरा गर्ने हो भने,राजनीतिक चेतना र राजनीतिलाइ सम्मान गर्ने समुह लगभग १ प्रतिशत मात्र छ। त्यसैले त पैसा कमाउन विद्यार्थी राजनीति गर्नेहरुको भिड दिनानुदिन बढ्दै छ।प्रत्येक क्लासमा बिद्यार्थीहरुले समूह बनाउछन्। सस्तो राजनीतिक भाषामै भनौं, अनि भिन्न भिन्न पार्टीका भात्रृसंगठन सम्म पुगेर पैसा माग्छन् जसले धेरै पैसा दिन सक्छ उसैलाइ भोट। मैले बुझेसम्म उनीहरुको मानसिकता के हुदो रैछ भने पछि नेपाल बसिने होइन, अहिलेलाइ आफ्नै फाइदा हेरौं। यस्तो जटिल र सम्मानजनक राजनीतिलाइ दुषित बनाउनेहरु र बनाउन सघाउनेहरु एकदम विकृत सोचबाट ग्रसित छन् । भलै उनीहरु काला अक्षर फूटाउन सक्लान् ,तर तिनीहरु अज्ञानी हुन्। अब, हाम्रो देशको नेता जन्माउने क्याम्पसको कुरा गरौं । कलेजबाट फर्कदै थिए ,करिब तिन सय जनाको समुह रड, लौरो बोकेर आफुतिरै आउदै गरेको देखेँ। झसङ्ग झस्किए ,तर हुल मोडियो। नजिकैको मान्छेलाइ सोधें, दाई के भको यहाँ रु उत्तर आयो,शंकरदेब र आर् आर् क्याम्पसको झगडा। घर आए, फेसबुक खोलें ,भवन जलेका फोटाहरु सरर देखिए। मनमनै सोचें, त्यो भवन जलाउने मान्छेहरु पक्कै अघिकै थिए । भनेपछि बिद्यार्थी। त्यो भवन क्याम्पस भित्रको चुनाबी कार्यकक्ष थियो। बिद्यार्थीले क्याम्पसको भवन जलाएछन्। अब पनि बाँकी रह्यो बिद्यार्थी आन्दोलनको ओज रुकस्तो स्कूलिंग तपाइँ नेताहरुको? राजनीतिक ट्याग लगाउदैमा जे पनि गर्न पाइने? एउटा मान्छेको जस्तो आकार भएको आज्ञानि र निरिह व्यक्ति राजनितिक ट्याग लगाउनासाथ शक्तिशालि बन्छ। यस्तै शक्तिशालि मानिसहरुको जमातले महाशक्ति बन्छ र यसले नै विद्यार्थी राजनीतिको प्रतिनिधित्व गर्दैछ।त्यसैले त प्रजातन्त्रका हिमायती संगठनहरु “चाबि" को पछाडी छन् र गरिब सर्वहाराको पार्टी पैसाको प्रयोग गरेर पूँजीवादि अभ्यास गर्दै छ। ठुला भनिएका संगठनहरु अझै पनि बिपी र मदन भण्डारीकै ब्याज खाइराखेका छन्। कोही अझै पनि 'जबज' को उपनाम झुन्ड्याउदै नारा लगाउन छोड्दैनन् भने नयाँ राजनीतिक कालखण्डको अभ्यासमा लागेकाहरु पनि ताला चावी कै मोर्चामा मिसिने प्रयास गर्दै छन्। न उठ्नेले जिम्मेवारी निभाउंछ न मत खसाल्नेले जिम्मेवारी निभाउंछन् अनि बिद्यार्थी राजनीतिको औचित्य के? यस्तो शैलीलाइ परिमार्जन नगर्दा यसको असर रास्ट्रिय राजनीतिमा समेत पर्दैछ। एउटा सचेत बिद्यार्थी नेता कुनै राजनितिक नेताको अन्धभक्त हुनु हुँदैन । एउटा सक्षम बिद्यार्थी नेता कुनै पनि बहसमा आफैं उत्रन सक्नुपर्छ। त्यसपछि बल्ल विद्यार्थी आन्दोलनले लिडर जन्माउने क्षमता राख्न सक्छ, त्यसले बल्ल स्ववियुको प्रतिनिधित्व गर्न सक्छ। बिद्यार्थीले शैक्षिक सँस्थामा भोग्नुपरेका समस्या र बिकृतिहरुसंग मुकाबिला गर्न पनि स्ववियु चाहिन्छ। तसर्थ स्ववियु खारेज होइन, परिमार्जन गरेर अगाडि बड्नुपर्छ। राजनीतिक चेतना भएका र राजनीतिप्रति सम्मान गर्ने व्यक्ति युगको आवश्यकता हो। इतिहासले जन्मायका महापुरुष र योद्दाहरुको सम्मान गर्दै इतिहास रच्न सक्ने व्यक्तिको आवश्यकता पनि बिद्यार्थी राजनीतिले मात्र पुरा गर्न सक्छ। 
भोट कसरि र कसलाई हाल्ने ? 
 आफ्नो क्याम्पस र कलेजमा दर्ता भएका संगठनको प्रतिबद्दतापत्र राम्ररि पढ्ने। 
 स्ववियु चुनाबमा लागु भएको आचारसंहिता पढ्ने। 
 कुन कुन संगठनले आचारसंहिता उलंघन गरेका छन् र छैनन् हेर्ने। 
 पहिले कुन कुन संगठनले चुनाब जितेका थिए र तिनले बिगतमा क्याम्पसका के के समस्या हल गरे बुझ्ने। 

परिमार्जन:
हामी बिश्व मानचित्रमा पछि परेको पहिलो कारण नै समयानुशार परिमार्जित हुन नसक्नु हो। स्ववियुको अवधारणा र मापदण्ड परिमार्जन गरियोस् ताकि लिडरसिप गर्न खोज्नेहरु सबैले राजनीतिक ट्याग भिर्नेपर्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस्। स्ववियुलाइ मर्यादित बनाउन माथिल्लो निकाय (केन्द्र) देखिको राजनीतिक हस्तक्षप बन्द गर्नुपर्छ र अचारसंहिता कडाइका साथ लागु गर्नुपर्छ। स्ववियुलाइ तडकभडकको प्रतिष्पर्धा होइन प्रतिबद्दतापत्र को प्रतिस्पर्धाको रुपमा बुझ्न र बुझाइनुपर्छ। स्ववियु लाइ राजनैतिक नेता उत्पादन गर्ने थलो भन्दा लिडर उत्पादन गर्ने उद्गमस्थल बनाइनुपर्छ। माथिल्लो तहको राजनैतिक आड नहुनेहो भने एउटा व्यक्तिले स्ववियु चुनाबको लागि मात्र लाखौं रुपिया खर्च गर्ने आँट गर्दैन अनि स्ववियु साच्चैको “स्वतन्त्र बिद्यार्थी युनियन” हुनेछ अनि बल्ल स्ववियुले साच्चैको लिडर उत्पादन गर्नेछ र पक्कै पनि “मिनि संसद्” ले रास्ट्रिय राजनीतिमा सकारात्मक प्रभाब पार्नेछ त्यसैले आजैदेखि “स्ववियु” परिमार्जन सम्बन्धमा बहस सुरु गरौं ।
सागर भट्ट 'अविकल'
वि.सं. २०७३/११/१५