इतिहासको कालखण्डमा बिद्यार्थी आन्दोलनको योगदानको उच्च सम्मान गर्छु। बिद्यार्थी राजनीतिले ०३६ सालदेखि केही समयसम्म कमाएको गरिमाको ब्याज पनि सकियो होला सायद आज बिद्यार्थी आन्दोलनको ओज लगभग सकियको छ। प्राबिधिक कलेजको कुरा गर्ने हो भने,राजनीतिक चेतना र राजनीतिलाइ सम्मान गर्ने समुह लगभग १ प्रतिशत मात्र छ। त्यसैले त पैसा कमाउन विद्यार्थी राजनीति गर्नेहरुको भिड दिनानुदिन बढ्दै छ।प्रत्येक क्लासमा बिद्यार्थीहरुले समूह बनाउछन्। सस्तो राजनीतिक भाषामै भनौं, अनि भिन्न भिन्न पार्टीका भात्रृसंगठन सम्म पुगेर पैसा माग्छन् जसले धेरै पैसा दिन सक्छ उसैलाइ भोट। मैले बुझेसम्म उनीहरुको मानसिकता के हुदो रैछ भने पछि नेपाल बसिने होइन, अहिलेलाइ आफ्नै फाइदा हेरौं। यस्तो जटिल र सम्मानजनक राजनीतिलाइ दुषित बनाउनेहरु र बनाउन सघाउनेहरु एकदम विकृत सोचबाट ग्रसित छन् । भलै उनीहरु काला अक्षर फूटाउन सक्लान् ,तर तिनीहरु अज्ञानी हुन्। अब, हाम्रो देशको नेता जन्माउने क्याम्पसको कुरा गरौं । कलेजबाट फर्कदै थिए ,करिब तिन सय जनाको समुह रड, लौरो बोकेर आफुतिरै आउदै गरेको देखेँ। झसङ्ग झस्किए ,तर हुल मोडियो। नजिकैको मान्छेलाइ सोधें, दाई के भको यहाँ रु उत्तर आयो,शंकरदेब र आर् आर् क्याम्पसको झगडा। घर आए, फेसबुक खोलें ,भवन जलेका फोटाहरु सरर देखिए। मनमनै सोचें, त्यो भवन जलाउने मान्छेहरु पक्कै अघिकै थिए । भनेपछि बिद्यार्थी। त्यो भवन क्याम्पस भित्रको चुनाबी कार्यकक्ष थियो। बिद्यार्थीले क्याम्पसको भवन जलाएछन्। अब पनि बाँकी रह्यो बिद्यार्थी आन्दोलनको ओज रुकस्तो स्कूलिंग तपाइँ नेताहरुको? राजनीतिक ट्याग लगाउदैमा जे पनि गर्न पाइने? एउटा मान्छेको जस्तो आकार भएको आज्ञानि र निरिह व्यक्ति राजनितिक ट्याग लगाउनासाथ शक्तिशालि बन्छ। यस्तै शक्तिशालि मानिसहरुको जमातले महाशक्ति बन्छ र यसले नै विद्यार्थी राजनीतिको प्रतिनिधित्व गर्दैछ।त्यसैले त प्रजातन्त्रका हिमायती संगठनहरु “चाबि" को पछाडी छन् र गरिब सर्वहाराको पार्टी पैसाको प्रयोग गरेर पूँजीवादि अभ्यास गर्दै छ। ठुला भनिएका संगठनहरु अझै पनि बिपी र मदन भण्डारीकै ब्याज खाइराखेका छन्। कोही अझै पनि 'जबज' को उपनाम झुन्ड्याउदै नारा लगाउन छोड्दैनन् भने नयाँ राजनीतिक कालखण्डको अभ्यासमा लागेकाहरु पनि ताला चावी कै मोर्चामा मिसिने प्रयास गर्दै छन्। न उठ्नेले जिम्मेवारी निभाउंछ न मत खसाल्नेले जिम्मेवारी निभाउंछन् अनि बिद्यार्थी राजनीतिको औचित्य के? यस्तो शैलीलाइ परिमार्जन नगर्दा यसको असर रास्ट्रिय राजनीतिमा समेत पर्दैछ। एउटा सचेत बिद्यार्थी नेता कुनै राजनितिक नेताको अन्धभक्त हुनु हुँदैन । एउटा सक्षम बिद्यार्थी नेता कुनै पनि बहसमा आफैं उत्रन सक्नुपर्छ। त्यसपछि बल्ल विद्यार्थी आन्दोलनले लिडर जन्माउने क्षमता राख्न सक्छ, त्यसले बल्ल स्ववियुको प्रतिनिधित्व गर्न सक्छ। बिद्यार्थीले शैक्षिक सँस्थामा भोग्नुपरेका समस्या र बिकृतिहरुसंग मुकाबिला गर्न पनि स्ववियु चाहिन्छ। तसर्थ स्ववियु खारेज होइन, परिमार्जन गरेर अगाडि बड्नुपर्छ। राजनीतिक चेतना भएका र राजनीतिप्रति सम्मान गर्ने व्यक्ति युगको आवश्यकता हो। इतिहासले जन्मायका महापुरुष र योद्दाहरुको सम्मान गर्दै इतिहास रच्न सक्ने व्यक्तिको आवश्यकता पनि बिद्यार्थी राजनीतिले मात्र पुरा गर्न सक्छ।
भोट कसरि र कसलाई हाल्ने ?
आफ्नो क्याम्पस र कलेजमा दर्ता भएका संगठनको प्रतिबद्दतापत्र राम्ररि पढ्ने।
स्ववियु चुनाबमा लागु भएको आचारसंहिता पढ्ने।
कुन कुन संगठनले आचारसंहिता उलंघन गरेका छन् र छैनन् हेर्ने।
पहिले कुन कुन संगठनले चुनाब जितेका थिए र तिनले बिगतमा क्याम्पसका के के समस्या हल गरे बुझ्ने।
परिमार्जन:
हामी बिश्व मानचित्रमा पछि परेको पहिलो कारण नै समयानुशार परिमार्जित हुन नसक्नु हो। स्ववियुको अवधारणा र मापदण्ड परिमार्जन गरियोस् ताकि लिडरसिप गर्न खोज्नेहरु सबैले राजनीतिक ट्याग भिर्नेपर्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस्। स्ववियुलाइ मर्यादित बनाउन माथिल्लो निकाय (केन्द्र) देखिको राजनीतिक हस्तक्षप बन्द गर्नुपर्छ र अचारसंहिता कडाइका साथ लागु गर्नुपर्छ। स्ववियुलाइ तडकभडकको प्रतिष्पर्धा होइन प्रतिबद्दतापत्र को प्रतिस्पर्धाको रुपमा बुझ्न र बुझाइनुपर्छ। स्ववियु लाइ राजनैतिक नेता उत्पादन गर्ने थलो भन्दा लिडर उत्पादन गर्ने उद्गमस्थल बनाइनुपर्छ। माथिल्लो तहको राजनैतिक आड नहुनेहो भने एउटा व्यक्तिले स्ववियु चुनाबको लागि मात्र लाखौं रुपिया खर्च गर्ने आँट गर्दैन अनि स्ववियु साच्चैको “स्वतन्त्र बिद्यार्थी युनियन” हुनेछ अनि बल्ल स्ववियुले साच्चैको लिडर उत्पादन गर्नेछ र पक्कै पनि “मिनि संसद्” ले रास्ट्रिय राजनीतिमा सकारात्मक प्रभाब पार्नेछ त्यसैले आजैदेखि “स्ववियु” परिमार्जन सम्बन्धमा बहस सुरु गरौं ।
सागर भट्ट 'अविकल'
वि.सं. २०७३/११/१५
No comments:
Post a Comment