ढिलै भयपनि अमर न्यौपानेको "करोडौं कस्तुरी" पढ्ने अवसर मिल्यो ।पढिसक्दा त लाग्यो म पनि आफ्नै जीवनको कस्तुरीको बास्ना नभेटेर भौतारिरहेको वाहियात हरिवंशहरु मध्य एक हुँ ।सानोमा हाम्रो जीवन कस्ले "ठुलो ठिक" पाउने भन्ने प्रतिस्पर्धामै बित्यो सायद ।जब अलि ठुलो भयौं, समाजले तँ डक्टर, तँ इन्जीनियर, तँ पाइलट भनेर एउटा जबर्जस्त उपनाम नै थपिदिसकेको हुन्छ। हामी अरुलाई अरु कसैले नै लगाइदियको चस्माले हेर्ने गर्छौ। हामी निर्जीव सर्टिफिकेटहरुको सन्तान जन्माउन मात्र उद्दत छौं। हामीहरु धेरैजसो डक्टर/इन्जिनियर पनि परिवार र समाजको सन्तुस्टिको लागि पढ्छौं । केही कस्तुरी ,जसले आफ्नो जीवनको सुगन्ध बेलैमा थाहा पाए र त्यसलाई ब्यबहारमा ल्याए ,उनीहरुकै सोच र सिर्जना ,बिचार र आविष्कारले नै सम्पूर्ण मानिसलाई चलाईरहेछ। लेखकले हाम्रो शिक्षा प्रणालीलाई पानी नआउने इनारसंग तुलना गरेका छन्। मानौं कुनै जमीनमा तीस फिट खनेपछि मात्र पानी निस्कन्छ र इनार बन्छ। हाम्रो शिक्षाले बढिमा बीसपच्चिस फिट खन्छ र बाहिरबाट शिक्षाको पानी हालेर तेसैलाई इनार भन्छ। त्यो इनार होइन, खाडल मात्र हो। त्यसले पानी दिंदैन, सोस्छ मात्र। पानी सोस्न नदिनलाई प्लास्टर समेत गरिन्छ जहाँ बाहिर बाट हालेको शिक्षाको पानी जमेर बस्छ। त्यो कृत्रिम इनारले भ्यागुता र सर्प पनि पाल्न थाल्छ। थप दशपन्ध्र फिट खन्न सके त अविरल स्वच्छ पानी दिने प्राकृतिक इनार प्रत्येक बिद्यार्थीभित्र पहिल्यैदेखि तयारि अबस्थामा छ। कसैले बाहिरबाट पानी हाल्नै पर्दैन।हाम्रो शिक्षाप्रणालीले कल्पनाशील बन्न खोज्ने विद्यार्थीलाई बस्तु बनाउन खोज्छ। बिद्यार्थीहरु सिर्जनशील बन्न खोज्छन्, शिक्षा क्यासेट बनाउन खोज्छ। बिद्यार्थीहरु बैज्ञानिक बन्न खोज्छन् ,शिक्षा मिस्त्री बनाउन खोज्छ ।अहिलेको शिक्षाले बिद्यार्थीलाइ आधुनिक बजारको मोनालिसाको पोस्टर बनायको छ र बजारमा सस्तोमा बिक्रि हुने बस्तु बनायको छ ।...यस्तै यस्तै परम्परागत शिक्षा प्रणालीसंग कटाक्ष गरियको छ ।आफ्नो जीवनको कस्तुरी नभेटेकाहरु र भेट्न सङ्घर्षरत सबैले पढ्नैपर्ने उपन्यास भन्छु म।
I believe in truth. I try to see things as it is. Follow no path is my path. I agree with nature but disagree with preconceptions of people.
Wednesday, October 5, 2016
Monday, September 19, 2016
०७० का बिद्यार्थी नेता
चालिसको दशकमा खुब राजनीति चल्थ्यो रे। बिद्यार्थि राजनीति त झनै उत्कर्षमा थियो रे ,राज्यले झन् त्यत्तिकै दमन गर्थ्यो भन्ने सुन्छु। बिद्यार्थी नेताहरु पुलिस/आर्मीको आँखा छल्नसाथ ८/१० जना कति हुन्छन् बटुलेर भाषण दिन थालिहाल्थे रे।
तर आज परिस्थिति त्यस्तो रहेन।सबैको हातहातमा मोबाइल, घर घरमा ईन्टरनेट हुन्छ। त्यसैले बिद्यार्थी नेताहरु आजकाल राजनीति गर्ने आधुनिक विधि अपनाउँछन्। एक एक कार्यकर्ता संग च्याट गर्छन्।त्यतिकै आफ्नो गुट बलियो बनाउँछन्।बर्षमा सायद मुस्किलले एक/दुईटा बुक पढ्छ्न्।त्यसकै बारेमा दिनमा ४/५ ओटा स्टाटस् जान्छन्।अझै भयन,बेलुकातिर बुक पढ्या सेल्फी नै आउँछ फेसबुकमा।यस्तै यस्तै सेल्फी त दिनहुुँ जान्छ्न्, घुमघाम गर्दा सेल्फी,खाजा खाँदा सेल्फी,गाडी चड्यो सेल्फी,फिल्महलमा सेल्फी, थिएटरमा सेल्फी,मिटिङनै पिच्छे सेल्फी,कार्यकर्तासंग सेल्फी,नेतासंग सेल्फी,बुढीसंग सेल्फी।सेल्फी नै सेल्फी...।त्यती गर्दा नि भयन आजकल त रेकर्डेड अडियो अपलोड गर्ने चलन चल्यारच प्रभु।
यसमै कार्यकर्ताहरुको आधा हजार लाइक सरर आउँछ।उ त्यसैमा गर्ब गर्छ।यत्तिकै यत्तिकै उ देशको ठुलो मान्छे बन्ने सपना बोकेर दौडिरहेको हुन्छ।
#देशको भविष्य कता?
Monday, July 18, 2016
खोक्रो रास्ट्रवाद
अस्ति भर्खर एउटाले,
कुर्सि छोड्ने अघिल्लो दिनमा,
भ्रस्ट्राचारीहरु लाई लाखौ बाँड्यो ।
अहिले त्यो बढेर करोडौं भयो,
मात्र पात्रहरु फेरिए ।
कुर्सि छोड्ने अघिल्लो दिनमा,
भ्रस्ट्राचारीहरु लाई लाखौ बाँड्यो ।
अहिले त्यो बढेर करोडौं भयो,
मात्र पात्रहरु फेरिए ।
हो,पात्रहरु फेरिए,
लिने फेरिए, दिने फेरिए,
त्यति मात्र होइन ,
ताली पिट्ने फेरिए,
र बिरोध गर्ने पनि फेरिए ।
लिने फेरिए, दिने फेरिए,
त्यति मात्र होइन ,
ताली पिट्ने फेरिए,
र बिरोध गर्ने पनि फेरिए ।
एउटा जिम्मेवार नेता,
रास्ट्रिय ढुकुटीलाइ संरक्षण गर्न जान्दैन।
उ नैतिकता बिर्सन्छ,
र रास्ट्रिय सम्पतिमाथि निजी दाबेदारी दिन्छ।
अनि ओकल्न खोज्छ रास्ट्रवाद।
रास्ट्रिय ढुकुटीलाइ संरक्षण गर्न जान्दैन।
उ नैतिकता बिर्सन्छ,
र रास्ट्रिय सम्पतिमाथि निजी दाबेदारी दिन्छ।
अनि ओकल्न खोज्छ रास्ट्रवाद।
क्या सस्तो छ,हाम्रो रास्ट्रवाद ।
किराना पसलको सामानहरु जस्तै ,
किन्न मिल्ने,बेच्न मिल्ने।
जोसुकैलाई,जुनसुकै बेला
पगरि गुथाइदिन मिल्ने।
सस्तो रास्ट्रवाद !! खोक्रो रास्ट्रवाद !!
किराना पसलको सामानहरु जस्तै ,
किन्न मिल्ने,बेच्न मिल्ने।
जोसुकैलाई,जुनसुकै बेला
पगरि गुथाइदिन मिल्ने।
सस्तो रास्ट्रवाद !! खोक्रो रास्ट्रवाद !!
Thursday, June 16, 2016
बैकल्पिक राजनीति
"बिकास र समृद्धि"को नारा चाहिं खोक्रो हुने भए उन्नाइस/बीसौं शताब्दिका बासि बाद/नारा चाहिं के हुन् ,गुदि? कुनै पनि "बाद" अहिलेको आवस्यकता होइन। त्यो "बाद" जस्ले त्यतिखेर काम गर्यो अहिले पनि उत्तिकै फिजिबल हुन्छ भन्ने छैन किनकि हामी फरक समय र फरक भुगोलमा छौं । बस् हामीलाई त यस्तो बाद चाहियो जुन "बाद" ले:
> नेपालीलाइ ००७ साल पछि ०६३ साल सम्मको क्रान्ति/शहिदप्रति सम्मान र संगसंगैको परिवर्तन एउटा ठुलो अचिभमेन्ट भयको र समयको बर्बादी नभयकोबारे सिकाओस् ।
>उर्जाशिल/सिर्जनशील युवाहरु बाध्यताले विदेश पलायन हुन नपरोस् ।
>आफ्नो आइडियाहरु आफ्नै देशमा इम्प्लिमेन्ट गर्न सिकाओस् ।
>विद्यार्थी राजनीतिलाइ फरक ढंगले परिभाषित गरोस् ताकि हाम्रै देशका कैयौं "Barak Obama"हरु युरोप/अमेरिकाका गल्लीहरुमा छाक टार्नकै निम्ति रुमलिनु नपरोस् ।
>धनी र गरिबबीचको खाडल पुर्दै लैजाओस् ।
>हरेक असमानता भित्रको जड पत्ता लगाउनतिर लागोस्/सिकाओस्।
> सबैलाई सम्मान गर्न सिकाओस् ।
अनि त्यो "बाद" रास्ट्रबाद/जनबाद हुन्छ अनि बल्ल समृद्ध नेपालको कल्पना गर्न सकिन्छ।
त्यसैले सोच र संस्कार संगसंगै बदलौं,देश आफैँ बदलिन्छ।
> नेपालीलाइ ००७ साल पछि ०६३ साल सम्मको क्रान्ति/शहिदप्रति सम्मान र संगसंगैको परिवर्तन एउटा ठुलो अचिभमेन्ट भयको र समयको बर्बादी नभयकोबारे सिकाओस् ।
>उर्जाशिल/सिर्जनशील युवाहरु बाध्यताले विदेश पलायन हुन नपरोस् ।
>आफ्नो आइडियाहरु आफ्नै देशमा इम्प्लिमेन्ट गर्न सिकाओस् ।
>विद्यार्थी राजनीतिलाइ फरक ढंगले परिभाषित गरोस् ताकि हाम्रै देशका कैयौं "Barak Obama"हरु युरोप/अमेरिकाका गल्लीहरुमा छाक टार्नकै निम्ति रुमलिनु नपरोस् ।
>धनी र गरिबबीचको खाडल पुर्दै लैजाओस् ।
>हरेक असमानता भित्रको जड पत्ता लगाउनतिर लागोस्/सिकाओस्।
> सबैलाई सम्मान गर्न सिकाओस् ।
अनि त्यो "बाद" रास्ट्रबाद/जनबाद हुन्छ अनि बल्ल समृद्ध नेपालको कल्पना गर्न सकिन्छ।
त्यसैले सोच र संस्कार संगसंगै बदलौं,देश आफैँ बदलिन्छ।
Tuesday, May 17, 2016
बिशालबजार
जेष्ठ ०४/२०७३...
क्याम्पसमा आजको पढाइ छिटै सकियो, करिब २ बजे। हामि पांच भाइमध्य चार भाइ खाजा
खान क्यानटिन तिर छिर्यौ। कुपन लियौं। रोचक आज हामी संग थियन।उ आज आफ्नो साथीहरुसंग स्विमिंग गयको
छ। त्यहाँ हामीले लियको कुपन अनुसारको खाजा थियन ।जे बाँकी थियो,त्यहि खायौं ।आशुतोसको ल्याब थियो,उ ल्याब
गयो। बाकि हामी तिन भाइ कुपन्डोलतिर लाग्यौं। समरको फोटोकपी गर्नुपर्ने काम थियो अनि मेरो तिन बजेसम्म बैंक
पुग्नुपर्ने। फेरि हामी छुटियौं। हामी दुई हिड्दै थापाथलीतिर लाग्यौ। बैंकमा एउटा
काउन्टर थियो,काम हुन करिब पौने घन्टा लाग्यो। अनि हामी चिसो
खान राम भण्डार छिर्यौ। आएको मौकामा थापाथली क्याम्पसको साथिसंग पनि भेटौं भन्ने याद
आयो। फोन गर्यौ। उ पनि आज क्याम्पस आयको रैन्च। त्यति बेला सम्म आसुतोषको ल्याब
सकिसकेको रहेछ ।उ पनि आयो। उस्को घरबाट कोसेली आको छ रे, ल्याउने मान्छेले भोलि क्यामपसमै
ल्याईदिन्छु भन्याछ रे। त्यही पनि उ, बडो उत्सुकताका
साथ आजै ल्याउछु भन्दै स्वयम्भु जान आको रछ तर सामान
ल्याउने मान्छेले भनेका ठाउँको नामहरुसंग अनविज्ञ रच। मैले ठाउँको नामहरु भन्दै
जाँदा उसले फोनमा सुनेको नामहरु (नयाँबजार,सोर्हखुट्टे ...) ठम्याउन सक्यो अनि खुसि भयो। सुस्त सुस्त हावाले बेग मार्दै थियो। सिमसिमे पानी अनि काठमाण्डौको धुलोको
पर्बाह नगरि हामी RNAC पुग्यौ। दमदार गफको शिलशीला
जारि थियो लगतै आसुतोसलाई सोर्हखुट्टेको
गाडी चडायर बिशालबजार मोडियौं।
सायद यो तेस्रो पटक हुनपर्छ हामी एउटै कामको लागि
बिशालबजार गको। हामी जादै गरेको पसलको दाईको ठुलो आवाज आयो "ओहो" !
एकछिन बिमल झोक्कियो "दाइ यार तपाई फोन पनि उठाउनुहुन्न",उस्को हाउभाउ पनि खरो थियो।क्यामेरा आज पनि बनेको थियन। दाइको सबै कुरा सुनेपछि बिमल शान्त भयो। कुन्नि के
बोर्ड नपायर क्यामेरा बनेको रैन्च। मेरो आँखा नजिकै बेन्चमा बसिरहेका दुईजना
दाइहरुतिर पुग्यो।
सोधिहाल्नुभयो उहाँहरु पनि
क्यामेरा बनाउन नै आउनुभएको रहेछ।
मलाइ रुघा लाग्या अस्तिदेखि । मा रुमाल खेलाउनमै ब्यस्त
थिए।
कतिमा पढ्छौ?
उत्तर बिमलले दियो : ब्याचलर
के पढ्ने ?
बिमल: इन्जीनियरिंग
कहाँ?
बिमल:पुल्चोक
कुन इयर?
बिमल: थर्ड
सिभिल हो?
बिमल: होइन, इलेक्ट्रिकल।
हामीले त्यता अलि कम ध्यान दियौं र क्यामेरा बनाउने दाइसंग
अलि बढि।
तर पनि अपरिचित दाइहरु हामीसंग बोलिरनुभएको थियो , ओहो अब त पैसा छाप्नि बेला भाको रच।
हामी एक अर्कालाइ हेरेर खिस्स हाँस्यौ।
बिमलले क्यामेरा पसलको दाइतिर हेर्दै भन्यो: “दाइ बरु
हामी पांच बजेसम्म बसिन्छ,जसरि भय नि आज त लानैपर्छ...ह्वा आफ्नो
काम तेत्तिकै पज भयर बसिराछ,क्यामेरा नभयर”।
पसलको दाइले तत्काल ठमेलको एउटा पसलमा फोन गरेर बोर्ड
मगाउन लगाए। हामी बाहिर गएर कुर्छौ भन्दै हिड्यौं। बाहिरतिर पाइला चाल्न नपाउदै
भित्रबाट आवाज आयो:
“बाबु विदेश चै नजानु है”।
हामी दुबैका खुट्टाहरु अडिए। पछाडी
हेर्दा ढोकातिर लम्किदै बोल्ने उही अपरिचित दाइ हुनुहुन्थ्यो।अलि बिस्तारै हिड्यौं, अलि पर(पसलबाट नदेखिने ठाउँ) गएर बस्यौ। बिमल शान्त थियो,अनुहार अलि अँध्यारो बनायो।
मैले भनें : छोयो यार।
बिमल: छात्तिमा हात राख्दै, मलाइ नि यार (सिरिअस मुद्रामा)
हामी एकछिन त्यही बस्यौ।
मैले सम्झाए “मल्टिमिटर किन्नु छ”।
अनि त्यही फ्लोरको अर्को पसलतिर लाग्यौ।
एकछिनपछि जाँदा बोर्ड आइपुगेको थियो । अघिको अपरिचित
दाइहरु त्यहि बसिरनुभको रहेछ। अब त हाम्रो ध्यान पनि तेतै केन्द्रित भयो।
दाइ: बस्नुस् न।
हामी दुवै बस्यौं ।
अब दाइसंग हामीले अघिजस्तो गाह्रो मानेनौं।
दाइ: तपाईहरु जस्तो मान्छे विदेश जानु हुन्न बाबु। अब
यहिँ बसेर माइक्रोहाइड्रो बनाऊनपर्छ, लोन लिगेर।
अब हामी परिचितसंग जसरि नै गफ गर्न थालिसकेका थियौं।
दाइको गफले पनि गति लिग्यो।
दाइले लमजुङ्गको माइक्रोहाइड्रो अनि त्यहाँको रिमोट
कन्ट्रोलबाट चल्ने रोपवेको कुरा सुरु गर्नुभयो। बोल्दै हुनुहुन्थ्यो, यहाँ दक्ष जनशक्ति नै पाईदैन, मलाइ यो
माइक्रोहाइड्रोबारे सबै ज्ञान छ तर म इन्जिनियर होइन। गाउँतिर कसैको ध्यान
केन्द्रित नभयको कुरा गर्नुभयो। अहिले धादिङमा बन्दै गरेको हाइड्रोबारे पनि सबै
कुरा गर्नुभयो। दाइसंग यति क्षमता थियो कि जोकसैलाई तत्कालको लागि बिदेश जान मन
नलाग्ने बनाउन सक्नुहुन्थ्यो। अनि देशमै बसेर काम गर्नको लागि पनि धेरै आइडियाहरु
सेयर गर्नुभयो। अँध्यारो भइसकेको थियो, क्यामेरा दुवैको बनेन।
हामी बल्ल एक अर्कासंग परिचय गर्यौं। फोन नम्बर लियौं अनि दियौं पनि। दाइले
हाम्लाई अब बनाउने माइक्रोहाइड्रोमा हाम्लाई बोलाउनु हुन्छ रे। हाम्रो काम नबने
पनि खुसिसाथ फर्कियौं।
x
Friday, April 8, 2016
जिन्दगी - दुई हरफ
साला,
यो जिन्दगीको एउटा उदेश्य होस्,
एउटा सपना होस्,
मनमा एउटा मान्छे होस्,
घुम्ने एउटा लुम्बिनी होस्,
अनि
चुम्ने एउटा सगरमाथा होस्।
यो जिन्दगीको एउटा उदेश्य होस्,
एउटा सपना होस्,
मनमा एउटा मान्छे होस्,
घुम्ने एउटा लुम्बिनी होस्,
अनि
चुम्ने एउटा सगरमाथा होस्।
Subscribe to:
Posts (Atom)