Saturday, December 29, 2018

अहं संस्कृतं पठामि - समिक्षा


मेरो बुवा विद्यालयमा संस्कृत पढाउनुहुन्थ्यो, धमिलो याद बाँकी छ। म संस्कृत पढ्ने कक्षामा पुग्न नपाउंदै, त्यसलाइ हटाइयो।म सानो छँदासम्म संस्कृतको अस्तु मात्र बाँकी थियो। संस्कृत पोलियो। ब्यबसायिक र औधोगिक क्रान्ति हुने वाला थियो देशमा। यहाँको पढाईको हदसम्म बिरोध गरिन्थ्यो। त्यो केही हदसम्म ठिक थियो तर दोष संस्कृतको थियन। अहिले न हाम्रो देशमा ब्यबसायिक र औधोगिक क्रान्ति भयो उसो त कोरियन र जापानिज भाषाहरुले ब्यबसायिक ठाउँ पाए। हामीले नै भनेजस्तो क्रान्ति हामीले गरेनौं तर कोरिया, सिंहापुर र चिनले गरे।
मैले पढ्न नपायपनि मलाई संस्कृत पढ्नुपर्ने र संरक्षण गर्नुपर्ने भाषा रहेछ भन्ने भावना आएको धेरै भएको छैन। संस्कृत उच्चारण गर्दाको ध्वनीको महत्वबारे थाहा भयो। केही समयअघि जीवा लामिछानेको "संस्कृत खोज्दै हाइडलबर्ग" भन्ने लेख पढेको थियं। निकै लज्जाबोध भयो।
यी सबै आफैं पढ्दै जाँदा भएको दायित्वबोध हो बाँकी जिम्मा ध्वंसकारि अघिल्लो पुस्ताले लिगोस्।


(पुष १४, २०७५ मा कान्तिपुरमा प्रकाशित प्रदीप खतिवडाको कोसेली पढेपछिको समिक्षा)

No comments:

Post a Comment