Monday, July 18, 2016

खोक्रो रास्ट्रवाद

अस्ति भर्खर एउटाले,
कुर्सि छोड्ने अघिल्लो दिनमा,
भ्रस्ट्राचारीहरु लाई लाखौ बाँड्यो ।
अहिले त्यो बढेर करोडौं भयो,
मात्र पात्रहरु फेरिए ।
हो,पात्रहरु फेरिए,
लिने फेरिए, दिने फेरिए,
त्यति मात्र होइन ,
ताली पिट्ने फेरिए,
र बिरोध गर्ने पनि फेरिए ।
एउटा जिम्मेवार नेता,
रास्ट्रिय ढुकुटीलाइ संरक्षण गर्न जान्दैन।
उ नैतिकता बिर्सन्छ,
र रास्ट्रिय सम्पतिमाथि निजी दाबेदारी दिन्छ।
अनि ओकल्न खोज्छ रास्ट्रवाद।
क्या सस्तो छ,हाम्रो रास्ट्रवाद ।
किराना पसलको सामानहरु जस्तै ,
किन्न मिल्ने,बेच्न मिल्ने।
जोसुकैलाई,जुनसुकै बेला
पगरि गुथाइदिन मिल्ने।
सस्तो रास्ट्रवाद !! खोक्रो रास्ट्रवाद !!

Thursday, June 16, 2016

बैकल्पिक राजनीति

"बिकास र समृद्धि"को नारा चाहिं खोक्रो हुने भए उन्नाइस/बीसौं शताब्दिका बासि बाद/नारा चाहिं के हुन् ,गुदि? कुनै पनि "बाद" अहिलेको आवस्यकता होइन। त्यो "बाद" जस्ले त्यतिखेर काम गर्यो अहिले पनि उत्तिकै फिजिबल हुन्छ भन्ने छैन किनकि हामी फरक समय र फरक भुगोलमा छौं । बस् हामीलाई त यस्तो बाद चाहियो जुन "बाद" ले:
> नेपालीलाइ ००७ साल पछि ०६३ साल सम्मको क्रान्ति/शहिदप्रति सम्मान र संगसंगैको परिवर्तन एउटा ठुलो अचिभमेन्ट भयको र समयको बर्बादी नभयकोबारे सिकाओस् ।
>उर्जाशिल/सिर्जनशील युवाहरु बाध्यताले विदेश पलायन हुन नपरोस् ।
>आफ्नो आइडियाहरु आफ्नै देशमा इम्प्लिमेन्ट गर्न सिकाओस् ।
>विद्यार्थी राजनीतिलाइ फरक ढंगले परिभाषित गरोस् ताकि हाम्रै देशका कैयौं "Barak Obama"हरु युरोप/अमेरिकाका गल्लीहरुमा छाक टार्नकै निम्ति रुमलिनु नपरोस् ।
>धनी र गरिबबीचको खाडल पुर्दै लैजाओस् ।
>हरेक असमानता भित्रको जड पत्ता लगाउनतिर लागोस्/सिकाओस्।
> सबैलाई सम्मान गर्न सिकाओस् ।
अनि त्यो "बाद" रास्ट्रबाद/जनबाद हुन्छ अनि बल्ल समृद्ध नेपालको कल्पना गर्न सकिन्छ।
त्यसैले सोच र संस्कार संगसंगै बदलौं,देश आफैँ बदलिन्छ।

Tuesday, May 17, 2016

बिशालबजार

जेष्ठ ०४/२०७३...
क्याम्पसमा आजको पढाइ छिटै सकियोकरिब २ बजे। हामि पांच भाइमध्य चार भाइ खाजा खान क्यानटिन तिर छिर्यौ। कुपन लियौं। रोचक आज हामी संग थियन।उ आज आफ्नो साथीहरुसंग स्विमिंग गयको छ। त्यहाँ हामीले लियको कुपन अनुसारको खाजा थियन ।जे बाँकी थियो,त्यहि खायौं ।आशुतोसको ल्याब थियो,उ ल्याब गयो। बाकि हामी तिन भाइ कुपन्डोलतिर लाग्यौं। समरको फोटोकपी गर्नुपर्ने काम थियो अनि मेरो तिन बजेसम्म बैंक पुग्नुपर्ने। फेरि हामी छुटियौं। हामी दुई हिड्दै थापाथलीतिर लाग्यौ। बैंकमा एउटा काउन्टर थियो,काम हुन करिब पौने घन्टा लाग्यो। अनि हामी चिसो खान राम भण्डार छिर्यौ। आएको मौकामा थापाथली क्याम्पसको साथिसंग पनि भेटौं भन्ने याद आयो। फोन गर्यौ। उ पनि आज क्याम्पस आयको रैन्च। त्यति बेला सम्म आसुतोषको ल्याब सकिसकेको रहेछ ।उ पनि आयो। उस्को घरबाट कोसेली आको छ रेल्याउने मान्छेले भोलि क्यामपसमै ल्याईदिन्छु भन्याछ रे। त्यही पनि उबडो उत्सुकताका साथ आजै ल्याउछु भन्दै स्वयम्भु जान आको रछ तर सामान ल्याउने मान्छेले भनेका ठाउँको नामहरुसंग अनविज्ञ रच। मैले ठाउँको नामहरु भन्दै जाँदा उसले फोनमा सुनेको नामहरु (नयाँबजार,सोर्हखुट्टे ...) ठम्याउन सक्यो अनि खुसि भयो। सुस्त सुस्त हावाले बेग मार्दै थियो। सिमसिमे पानी अनि काठमाण्डौको धुलोको पर्बाह नगरि हामी RNAC पुग्यौ। दमदार गफको शिलशीला जारि थियो लगतै आसुतोसलाई सोर्हखुट्टेको गाडी चडायर बिशालबजार मोडियौं।
सायद यो तेस्रो पटक हुनपर्छ हामी एउटै कामको लागि बिशालबजार गको। हामी जादै गरेको पसलको दाईको ठुलो आवाज आयो "ओहो" ! एकछिन बिमल झोक्कियो "दाइ यार तपाई फोन पनि उठाउनुहुन्न",उस्को हाउभाउ पनि खरो थियो।क्यामेरा आज पनि बनेको थियन। दाइको सबै कुरा सुनेपछि बिमल शान्त भयो। कुन्नि के बोर्ड नपायर क्यामेरा बनेको रैन्च। मेरो आँखा नजिकै बेन्चमा बसिरहेका दुईजना दाइहरुतिर पुग्यो।
सोधिहाल्नुभयो उहाँहरु पनि क्यामेरा बनाउन नै आउनुभएको रहेछ।
मलाइ रुघा लाग्या अस्तिदेखि । मा रुमाल खेलाउनमै ब्यस्त थिए।
कतिमा पढ्छौ?
उत्तर बिमलले दियो : ब्याचलर
के पढ्ने ?
बिमल: इन्जीनियरिंग
कहाँ?
बिमल:पुल्चोक
कुन इयर?
बिमल: थर्ड
सिभिल हो?
बिमल: होइनइलेक्ट्रिकल।
हामीले त्यता अलि कम ध्यान दियौं र क्यामेरा बनाउने दाइसंग अलि बढि।
तर पनि अपरिचित दाइहरु हामीसंग बोलिरनुभएको थियो , ओहो अब त पैसा छाप्नि बेला भाको रच।
हामी एक अर्कालाइ हेरेर खिस्स हाँस्यौ।
बिमलले क्यामेरा पसलको दाइतिर हेर्दै भन्यो: “दाइ बरु हामी पांच बजेसम्म बसिन्छ,जसरि भय नि आज त लानैपर्छ...ह्वा आफ्नो काम तेत्तिकै पज भयर बसिराछ,क्यामेरा नभयर”।
पसलको दाइले तत्काल ठमेलको एउटा पसलमा फोन गरेर बोर्ड मगाउन लगाए। हामी बाहिर गएर कुर्छौ भन्दै हिड्यौं। बाहिरतिर पाइला चाल्न नपाउदै भित्रबाट आवाज आयो:
“बाबु विदेश चै नजानु है”।
हामी दुबैका खुट्टाहरु अडिए। पछाडी हेर्दा ढोकातिर लम्किदै बोल्ने उही अपरिचित दाइ हुनुहुन्थ्यो।अलि बिस्तारै हिड्यौंअलि पर(पसलबाट नदेखिने ठाउँ) गएर बस्यौ। बिमल शान्त थियो,अनुहार अलि अँध्यारो बनायो।
मैले भनें : छोयो यार।
बिमल:  छात्तिमा हात राख्दै, मलाइ नि यार (सिरिअस मुद्रामा)
हामी एकछिन त्यही बस्यौ।
मैले सम्झाए “मल्टिमिटर किन्नु छ”।
अनि त्यही फ्लोरको अर्को पसलतिर लाग्यौ।
एकछिनपछि जाँदा बोर्ड आइपुगेको थियो । अघिको अपरिचित दाइहरु त्यहि बसिरनुभको रहेछ। अब त हाम्रो ध्यान पनि तेतै केन्द्रित भयो।
दाइ: बस्नुस् न।
हामी दुवै बस्यौं ।
अब दाइसंग हामीले अघिजस्तो गाह्रो मानेनौं।
दाइ: तपाईहरु जस्तो मान्छे विदेश जानु हुन्न बाबु। अब यहिँ  बसेर माइक्रोहाइड्रो बनाऊनपर्छ, लोन लिगेर।
अब हामी परिचितसंग जसरि नै गफ गर्न थालिसकेका थियौं।
दाइको गफले पनि गति लिग्यो।
दाइले लमजुङ्गको माइक्रोहाइड्रो अनि त्यहाँको रिमोट कन्ट्रोलबाट चल्ने रोपवेको कुरा सुरु गर्नुभयो। बोल्दै हुनुहुन्थ्यो, यहाँ दक्ष जनशक्ति नै पाईदैन, मलाइ यो माइक्रोहाइड्रोबारे सबै ज्ञान छ तर म इन्जिनियर होइन। गाउँतिर कसैको ध्यान केन्द्रित नभयको कुरा गर्नुभयो। अहिले धादिङमा बन्दै गरेको हाइड्रोबारे पनि सबै कुरा गर्नुभयो। दाइसंग यति क्षमता थियो कि जोकसैलाई तत्कालको लागि बिदेश जान मन नलाग्ने बनाउन सक्नुहुन्थ्यो। अनि देशमै बसेर काम गर्नको लागि पनि धेरै आइडियाहरु सेयर गर्नुभयो। अँध्यारो भइसकेको थियो, क्यामेरा दुवैको बनेन। हामी बल्ल एक अर्कासंग परिचय गर्यौं। फोन नम्बर लियौं अनि दियौं पनि। दाइले हाम्लाई अब बनाउने माइक्रोहाइड्रोमा हाम्लाई बोलाउनु हुन्छ रे। हाम्रो काम नबने पनि खुसिसाथ फर्कियौं।

x

Friday, April 8, 2016

जिन्दगी - दुई हरफ

साला,
यो जिन्दगीको एउटा उदेश्य होस्,
एउटा सपना होस्,
मनमा एउटा मान्छे होस्,
घुम्ने एउटा लुम्बिनी होस्,
अनि
चुम्ने एउटा सगरमाथा होस्।

Monday, November 23, 2015

राष्ट्रियताको पाठ

प्रिय धर्ती!
जननी!
मधेसी दाजुभाइहरु सरकारलाई गाली गर्दैछन्,
पहाडेचाहि मधेसीलाई गाली गर्दैछन्।
खासमा आन्दोलनकारी र सरकार,
दुबैले आफ्नो धरातल छोडिसके।
आन्दोलनकारीले आफ्ना माग बिर्से,
पि.के,मा.कु.ने,देउवा हरुले पनि
पहिले आफुले मधेससंग गरेको सम्झौता(२२ बुदे) भुले।
अन्धभक्तहरु आफ्नो नेताको पौरख केलाउदै छन्।


आमा!

कोहि आफ्नै बिज्ञापनमा मस्त छन्।
भड्किने र भड्काउने दुबैलाई सम्जाइदेउ आमा।
पहाड पनि बिक्षिप्त छ।

सुशील बाले भुकम्प पीडितलाई २ लाख दिन्छु भने,
तर सरकार छोड्नु १ दिनअघि खुमबहादुरहरु लाई लाखौं वाँड्यो।
जानेबेला आफ्नाजतिलाइ बढुवा/सरुवा गरेर गयो।
केपी बाले ती सरुवा जति सबै रद्द गरिदिय रे।
खुमबहादुरहरु लाई बाडेको जनताको पसिना पनि फिर्ता गराउन लाउ आमा।
केपि लाई नि दाग लागिसकेका मान्छेलाई भर्ती नगराउन भन्देउ।
दुष्ट र पाखन्डि जति सबैलाई एकपटक,
मानबियता र राष्ट्रियताको पाठ पढाउ।
#Humanitarian_Crisis 

Monday, December 1, 2014

धर्मनिरपेक्षता कि सापेक्षता?

धर्म निरपेक्षेता भन्नाले कुनै पनि धर्मसंग संलग्न नरहेको भन्ने बुझिन्छ तर हालको परिस्थितिमा धर्म निरपेक्षतको अर्थ “धर्म खरिद बिक्रि गर” या “देशलाई क्रिस्टीनिकरण गर“ जस्तै भयको छ। साँच्चै भन्ने हो भने पश्चिमी पैसाले गरिब हिन्दु नेपालीहरु किनिइरहेका छन् र लाचार राज्य देखेनदेख्यै गरि हेरेर बसिरहेको छ। एकातिर धर्म निरपेक्षताको नारा लियर हिड्नेहरु आफुले ल्याएको परिबर्तनमा मख्ख छन् भने अर्कातिर नबहिन्दुबादिहरु हिन्दु राज्य आभियानमा जुटेका छन्।

बास्तबमै नेपाली जनताले न त अहिलेको जस्तो “धर्म निरपेक्षता” नै खोजेका हुन् न त हिन्दुराज्य बनाऊ अभियानका नाइके खुमबहादुरको जस्तो हिन्दुराज्य नै खोजेका हुन्।नेपालीले त केवल सबै धर्मको समान सम्मान र जुनसुकै धर्म मान्न पाउने अधिकार भयको तर पश्चिमी पैसाले गरिब नेपाली किन्न नपाउने ब्यबस्था खोजेका हुन् ताकि यसलाई जुनसुकै शब्दले किन बर्णन नगरियोस्। एकपटक राजनीति गरेर सिनो गनायजस्तै गनाइसकेकाहरु पुन: राजनीतिमा स्थापित हुन धर्मलाई राजनीतिक अस्त्र बनायर लागिराखेका छन्। देश गम्भीर संक्रमणकालीन अबस्थाबाट गुज्रिरहेको बेला हिन्दु राज्य बनाऊ अभियानमा सम्पूर्ण हिन्दुको साथ लियर असफल नेताहरु सत्तामा पुग्ने माहोल तयार गरिरहेका छन्। यस्तो परिस्थितिमा हामी हिन्दुहरु कम्तिमा “हामी हिन्दु हौ,हिन्दु हुनुमा गौरब गर्छौ,सबै धर्मलाई सम्मान गर्छौ तर खुमबहादुरको हिन्दु राज्य हामीलाई चाहिदैन” भन्न सक्नुपर्छ। हामी हिन्दु हौँ तर हिन्दुवादी हैनौं भन्ने मानसिकता हरेक हिन्दुधर्माबलम्बीमा हुनैपर्छ।देशलाई हिन्दु राज्य नै घोषणा गर्दा पनि अन्य धर्माबलम्बीरुलाई आफ्नो धर्मप्रति सम्मान नगरियको महसुस हुन सक्छ। हामी हिन्दुहरु गणितिय भाषामात्र प्रयोग नगरौँ ताकि सबै धर्मको समान इज्जत गर्न सकियोस्।
दक्षिणपन्थीको सहारा लियर कैयौं अन्य धर्ममा आँच पुर्याउने काम कोहीकसैबाट नगरियोस् अनि डलरको प्रलोभनमा आफ्नो “आमा” बेच्ने दुस्साहस कोही कसैले नगरोस्। राजनीति गर्नेहरु,विस्तारबादीहरू अनि साम्राज्यबादिहरु धर्मलाई सामाजिक ब्यबस्था सुध्रिढ गर्ने सूचक मात्र सोच्दैनन् उनीहरु त धर्मलाई डलरको खेति गरेर बिश्वभर आफ्नो साम्राज्य फैलाउने अस्त्र सम्झन्छन। उनीहरु अन्य देशहरुमा हुने धार्मिक,जातीय र क्षेत्रिय युध्दबाट फाइदा लिन आतुर हुन्छन्। अनि हामी हिन्दुहरु धर्म निरपेक्षेतालाई सुध्रिढ बनायर अगाडी जाने कि,हिन्दुराज्य अभियानमा दक्षिणपन्थीको सहारा लियर धार्मिक द्न्द् चर्काउने?गरिब देशका गरिब जनताहरुलाई पैसाको प्रलोभनमा किन्न सकिने हेतुले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा हुनासाथ नेपाल पस्चिमिहरुको उत्तम गन्तब्य हुन पुगेको छ ।धर्मनिरपेक्ष राष्ट्र भन्दैमा पैसाले धर्म खरिदबिक्री भईरहेको सन्दर्भमा यहाँका धर्म निरपेक्षको एजेण्डा बोक्नेहरु आफ्नो अकर्मण्यता प्रस्तुत गरिरहन्छन् भने यिनीहरुलाई अतिवादी नभने कसलाई भन्ने?
नेपाली हिन्दुहरुले धर्म निरपेक्षेतालाई स्वीकार गरेर नै ०६३ को चुनाबमा निरपेक्षेताबादिलाई जिताएका थिय तर नेपाली जनताले आहिलेको जस्तो निरपेक्षता खोजेका थिएनन्। अन्ततः पछिल्लो चुनावमा हिन्दुहरुले आफ्नो धर्मको सम्मानमा आँच आयको महशुस गरेर चुनाब चिन्ह गाई लाई मात्र हेरेर भएपनी रा.प्र.पा. लाई चौथो ठुलो दल बनाए। यसबाट के बुझ्न सकिन्छ भने राजनीतिमा धर्मको ठुलो प्रभाव छ र यहि प्रभावको लाभ लिएर पुनः देशमा हालीमुहाली गर्न खोज्ने दलालहरुको रणनीति पनि हामी नेपालीले बुझ्नैपर्छ। अहिलेको परिस्थितिमा धर्ममात्र नभएर जातियता र संघियता पनि राजनीतिक लाभ लिने अस्त्र बन्न पुगेको छ ।नेपाली राजनीतिज्ञ भनौदाहरुले जातियता,धर्म र संघीयतालाई राष्ट्रिय स्वार्थपूर्तिको हतियार बनाउनको अलवा पार्टीगत स्वार्थ पूर्ति गर्ने हतियार बनायका छन्। धर्मनिरपेक्षताबादी र हिन्दुवादी दुबैले धर्मनिरपेक्ष शब्दको उपहास गरेका छन्। मानिसमा स्वतन्त्र हुन पाउने अधिकार छ भन्दैमा अरुलाई ढुंगा हान्न पाउने अधिकार त हुदैन होला नि? हो,यस्तै भइदियको छ नेपालो धर्मनिरपेक्षता।याद रहोस्,चिनमा माओत्सेतुङले देशलाई धर्मनिरपेक्ष घोषणा गरेपनि बिदेशी धर्मलाई प्रतिबन्ध लगाएका थिए। 
जे होस्,हामी हिन्दुहरुपनि गणितिय भाषा भन्दा पनि ब्यबहरिकतालाई नियाल्ने गरौ र धर्म निरपेक्षेतालाई नै सुध्रिढ बनाउने अभियानमा लागौं ,हिन्दुराज्य बनाऊ अभियानमा होइन।सङ्क्रमणकालीन राजनीतिमा भनौ या अस्थिर समाजमा अकल्पनीय अबस्थाको सम्भावना सधै रहन्छ तथापी धर्म,जात र क्षेत्रको नाममा राजनीतिक लाभ लिन खोज्ने उग्रवादिको समयमै पहिचान गरि सकारात्मक सोचका साथ परिबर्तनलाई आत्मसाथ अनि ब्यबस्थित गर्न सबैको ध्यान नगए देशमा धार्मिक,जातीय र क्षेत्रिय युध्द नहोला भन्न सकिन्न।
सागर भट्ट 'अविकल '
(Article Published in Naya patrika daily on 1 dec 2014)

Monday, July 28, 2014

रक्तकुण्ड - समिक्षा

रक्तकुण्ड,एक सहज बिस्लेषण:

१)राजा र राजपरिवारका सदस्यहरुले कतिको सुविधाभोगी जीबनयापन अपनाउदा रहेछन् भन्ने कुराको पुस्टि,
२) महिला सुसारेहरू राजपरिवारका सदस्यहरुबाट कतिको योन,मानसिक तथा शारीरिक शोषणमा पर्दा रहेछन् भन्ने कुराको खुलासा,
३)राजपरिवारका सदस्यहरुको हत्याको बारेमा आम जनतामाझ फैलाइयको भ्रमको चिरफार,
४)जनताले बगायको रगत र पसिनाको बेवास्ता/अबमुल्यन, [आम गोर्खालीले बिश्वयुद्मा देखायको बिरता र रगतको कदर गर्दै ब्रिटिशले दियको २० लाख पौन्ड राजा महेन्द्रले आफ्नै कान्छी श्रीमती रत्नको नाममा राखेका थिए।]
५)राजा महेन्द्रको तथा उनको जेठी श्रीमतीको मृत्यु कारणबारे खुलासा,
६)सत्यतथ्य बाहिर जनतामाझ ल्याउने,यस्ता उपन्यास लेख्न आट गर्ने पत्रकार कृष्ण अविरल तथा सत्यतथ्य सूचना प्रदान गरिदिनुहुने सबैमा आभार प्रकट गर्दछु। ....................................................................................................................


वर्तमान बिस्लेषण: 
देश र जनता,शान्ति र संबिधान,बिस्तारबाद र साम्राज्यबाद मुर्दाबाद!!!,सर्बहारा वर्गको उत्थान,बहुदलीय प्रणालीसहितको नयाँ जनबाद,जनताको जनबादी राज्यसत्ता...जस्ता अनेकौ मुद्दाहरु ०४६ सालदेखि उठायर,शताब्दीदेखि हाम्रो देशमा कब्जा जमाउदै आयका शाहहरुलाई परास्त गरि जनताको अधिकारसम्पन्न राज्य बनाउने अभिभारा लियर हिडेका नेताहरु बाटोमै(संक्रमणकाल) एक आपसमा लडेर आफु पनि राजपरिवार जस्तै सुविधाभोगी जीबनयापनमै तल्लिन भयको देख्दा दुख: लाग्छ।